News

चितुवाको आक्रमणमा परेकालाई २ लाख राहत

चितुवाको आक्रमणमा परेकालाई २ लाख राहत

बाँके : डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीषलाई राहतस्वरूप दुई लाख रुपैयाँ सहयोग गरेको छ।

नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीषलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत मोहन श्रेष्ठले बताए।  

वन्यजन्तु गाउँ बस्तीमा पसेर कुनै पनि मानवलाई आक्रमण गरी सामान्य घाइते बनाए ५० हजार, गम्भीर घाइते बनाए  दुई लाख र मृत्यु नै भए  १० लाख रुपैयाँसम्मको राहतबापत आर्थिक सहयोग हुने व्यवस्था छ। चितुवाले आक्रमण गर्दा श्रीष गम्भीर घाइते भएका थिए। नेपालगञ्जस्थित अस्पतालमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ।

चितुवा घाइते

विशेष