अमेरिकामा फेरि अर्को भूकम्प, पहिलोभन्दा शक्तिशाली कम्पन

अमेरिकामा दुई दिनभित्र दोस्रो शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ।
यसअघिको भन्दा यो भूकम्प अझ शक्तिशाली रहेको बताइएको छ। दक्षिणी क्यालिफोर्नियामा दुई दिनभित्र दोस्रो शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको हो ।
अमेरिकी भूगर्भसम्बन्धी निकाय युएसजीएसका अनुसार स्थानीय समय अनुसार शुक्रबार राति सवा आठ तिर आएको पछिल्लो झट्का ७.१ म्याग्निच्युडको रहेको छ । यसअघि बिहीवारको भूकम्प ६.४ म्याग्निच्युडको थियो ।
दोस्रो भूकम्पको केन्द्रविन्दु पनि लस एन्जलस शहरभन्दा करिब अढाइ सय किलोमिटर उत्तरमा रहेको रिजक्रेस्ट नगर नजिक रहेको जनाइएको छ ।
हालसम्म गम्भीर प्रकृतिका कुनै पनि मानवीय क्षतिको समाचार भने आएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार पर्खालमा चिरा परेको, शिशा फुटेको अनि ग्यास पाइप फुटेका जस्ता घटना भएका छन् ।
विज्ञहरूका अनुसार बिहीवारको झट्का शुक्रवारको झट्काको पूर्व कम्पन थियो । यी भूकम्पसँगै थुप्रै परकम्प आइरहेको बताइएको छ। लस एन्जलसको अग्निनियन्त्रण विभागका अधिकारीहरूका अनुसार भूकम्पपछि गरिएका प्रारम्भिक सर्वेक्षणहरूमा कतै ठूलो पूर्वाधार भएको छैन ।
भूकम्प