News

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु 

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु 

लहान । सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।    

खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।    

उजूरी बढे    

गोलबजार नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादसम्बन्धी उजूरी बढी दर्ता भएका छन् । न्यायिक समिति गठन भएयता १३५ उजूरी दर्ता भएकामा जग्गा विवादका सबै भन्दा बढी उजूरी परेका छन् ।    

अधिकांश उजूरी जग्गाको सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरेको, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजूरी नगरपालिकाको न्यायिक समितिमा बढी आउने गरेको नगरपालिकाका कानूनी सल्लाहकार चेतबहादुर थापाले जानकारी दिए ।    

आर्थिक वर्ष ०७५/०७६ को हालसम्म दर्ता भएका १३५ उजूरीमध्ये ४५ मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिएको र २८ मुद्दामा मिलापत्रको पहल भइरहेको तथा ५० मुद्दा माथिल्लो निकायमा कारवाही प्रक्रियामा जान पठाइएको कानूनी सल्लाहकार थापाले बताए ।

मृत्यु

विशेष