एसइईको ग्रेडवृद्धि परीक्षाको समय तालिका परिवर्तन, कुन विषय कहिले हेर्नुहोस् तालिका

एसइईको ग्रेडवृद्धि परीक्षाको समय तालिका परिवर्तन, कुन विषय कहिले हेर्नुहोस् तालिका

काठमाडौं : परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका संशोधन गरेको छ। यसअघि प्रकाशित भएको समय तालिकालाई संशोधन गर्दै आइतबार बोर्डले संशोधित नयाँ समय तालिका सार्वजनिक गरेको हो।

बोर्डले २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई 'सी' वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको जनाएको छ। बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने उल्लेख छ।

त्यसका लागि साउन १० भित्र फाराम भर्न भनिएको छ। परीक्षा भदौ १ गते सुरु हुने परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। यसअघि एसइईको पुरक परीक्षा साउन २६ र २७ गते हुने भएको बोर्डले जनाएको थियो।

हेर्नुहोस् तालिका :

एसइई परिक्षा

संम्बधित खबर

विशेष