नेपालले विषादी परीक्षण गर्दा चिया निर्यातमा समस्या
इलाम । विषादी परीक्षणका नाममा भारतीय तरकारी र फललफूल नेपाल छिर्ने नाकामा रोकिएपछि भारतीय पक्षले नेपाली चिया रोकेर त्यसको जवाफ फर्काएको छ ।
पूर्वी काँकडभिट्टा नाकाबाट अलि सहज भएको कृषि उपज निर्यातमा केही दिनयता भारतीय पक्षले पुनः कडाई गरिरहेको छ । नेपालले शुक्रबारदेखि भारतीय तकारी तथा फलफूल विषादी परीक्षणबिना नै आयात गर्न दिएको छ ।
पछिल्लो समय पूर्वको काँकडभिट्टा नाकामा भारतीय पक्षलेृ पहाडमा उत्पादन भएको अर्गानिक चिया निर्यातमा कडाई गरेको उद्योगले बताएका छन् । सीमावर्ती पानीट्यांकी स्थित भारतीय कस्टमले तेस्रो मुलुक पठाइने चियाका लागि भारतीय कोर्टको बन्ड पेपर र भारतमै बिक्री हुने चियालाइृ भारतीय केन्द्रीय प्रयोगशालाको रिपोर्ट अनिवार्य गरेको छ ।
भारतीय कस्टमले ननअर्गानिक मात्रै नभएर अर्गानिक उत्पादनलाई पनि कडाई गरेको छ । चियाँ उद्योगी उदय चापागाईंका अनुसार ‘अन्तर्राष्ट्रिय स्तरमा मान्ताप्राप्त संस्थाले अर्गानिक प्रमाणि तगरेको चियालाई भारतले किन फेरि परीक्षण गर्नु परेको हो ? उनले भने, ‘भारतमा फलफूल र तकारी नेपाल आउन रोकिनेबित्तिकै हाम्रो अर्गानिक चियामा कडाई गर्नुलाई गम्भीर रुपमा लिनु पर्छ ।’
नागरिक दैनिकबाट