News

चाकुखोलाले दुई कामदार बगायो, दुईलाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो

चाकुखोलाले दुई कामदार बगायो, दुईलाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो

सिन्धुपाल्चोक : शनिबार रातिको अविरल वर्षापछि चाकुखोलामा आएको बाढीले जलविद्युत आयोजनाका दुई कामदारलाई बगाएको छ। बाढीले अरनिको राजमार्गको चाकुस्थित शिवश्री हाइड्रेपावरमा कार्यरत दुई कामदारलाई बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार आयोजनामा कार्यरत बाराका रामऔतार चौधरी र सुनसरीका यादव काफ्ले बेपत्ता छन्। बाढीले बगाएर चौधरी र काफ्ले बेपत्ता भएको हुनसक्ने प्रहरीको अनुमान छ।

बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज काफ्लेले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्। काफ्लेका अनुसार बाढीमा घाइते भएका पेम्बा थोकेल शेर्पा र कामी तामाङलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।

बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी,  ४५ मेगावाटको माथिल्लो भोटेकोसी, लाफिङबुद्ध र शिवश्री हाइड्रो पावरमा क्षति पुर्‍याएको छ। क्षतिको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

बाढी

विशेष