बिआईए अवार्डका लागि खुल्यो आवेदन
काठमाडौँ । बोधिसत्व इन एक्शन (बिआईए) अवार्ड २०१९ का लागि आवेदन खुला भएको छ । बि. आई. ए फाउण्डेशनले हरेक वर्ष अपाङता भएका क्षेत्रमा विशिष्ट योगदान पु-याउने ब्यक्ति वा संस्थालाई यो अवार्ड प्रदान गर्ने गरेको छ ।
अवार्डमा मनोनयनका लागि फाउण्डेशनको वेभसाईटमा गएर आवेदन दिन सकिने फाउण्डेशनले जनाएको छ ।फाउण्डेशनको वेभसाइट : http://bia-foundation.org/about-bia/ मा आवेदन दिन सकिने आयोजकको भनाइ छ । वेभसाइटमार्फट आगामी साउन ३० गते अर्थात (15, August, 2019) सम्म आवेदन गर्न सकिने फाउण्डेशनले जनाएको छ ।
अवार्ड फाउण्डेशनको वार्षिकोत्सवको अवसर पारेर आगामी भाद्र १० गते वितरण गर्ने आयोजक बिआईए फाउण्डेशनले जनाएको छ । वार्षिकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ ।

फाउण्डेशनले विभिन्न ११ विधामा १३५ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई तालिम तथा सीपमुलक कार्य गराइरहेको छ । साथै फाउन्डेशनले हालै मात्र किर्तिपुरमा ३० जना अपाङ्गता भएका व्यातिmहरुलाई बिभिन्न ४ वटा बिधामा तालिम तथा सिपमुलक कार्य सञ्चालन गर्न गइरहेको जनाएको छ ।
फाउण्डेशनले ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई नि:शुल्क आवास पनि उपलब्ध गराएको छ ।