प्रधानमन्त्रीलाई परिचयपत्र

प्रधानमन्त्रीलाई परिचयपत्र

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृह मन्त्रालय मातहतको विभागका महानिर्देशक दीपक काफ्लेले परिचयपत्र हस्तान्तरण गर्नुभयो । 

प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको थियो । विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई परिचयपत्र दिने कार्यक्रम छ ।

विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेको थियो । 

सरकारले दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।

संम्बधित खबर

विशेष