इटहरीका मेयरले लगाए आफ्नै घरमा डोजर

स्थानीय जनप्रतिनिधिले आफैं डोजरको मालिक भएर जथाभावी सडक खनाएको आरोप खेपिरहँदा इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले आफ्नै घरको पर्खाल डोजर लगाएर भत्काएका छन् ।
पत्रकारसंगको विवाद प्रकरणमा विवाद आएपछि उनले सडक मिचेर घर बनाएको भन्ने विषय सतहमा आएको थियो । उनले यस्तो प्रमाणित भए आफैं भत्काउने प्रतिवद्धता व्यक्त गर्दै आएका थिए ।
सडक मिचेर बनाएको संरचना भत्काउने अभियानको सुरुवात मेयर चौधरीले आफनै घरबाट गरेका हुन् ।
मेयर चौधरीले आफ्नै अगुवाईमा इटहरी १७ मा रहेको आफनो घरको पर्खाल डोजर लगाएर भत्काएका हुन् । डोजर लगाएर घर भत्काएसंगै सुशासनको सुरुवात गरेको प्रतिक्रिया दिए ।