प्रधानमन्त्रीलाई टमाटर उपहार !

प्रतिपक्ष नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ, भोजपुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ ।
नेविसंघको स्थानीय नेतृत्व जिल्ला प्रशासन कार्यालय पुगी व्यंग्य स्वरुप भारतबाट आयातीत तरकारी, फलफूल बुझाएको हो ।
भारतबाट आयातीत विषाक्त तरकारी तथा फलफूल सीमानामा चेक जाँच गर्ने निर्णयबाट सरकार पछि हटेपछि नेविसंघ आन्दोलित भएको हो ।
देशैभरि प्रतिकात्मक विरोध जनाउने क्रममा भोजपुर नेविसंघ तरकारी बोकेर सरकारको ध्यानाकर्षण गर्न पुगेको हो । बुधबार काँचो तरकारी बोकेर देशैभरि प्रदर्शन गरिने नेविसंघ केन्द्रीय कार्यालयले जनाएको छ ।
नेपाल विद्यार्थी संघ