News

साताअघि नै भारतको ‘दबाबमूलक’ पत्र : तै पनि प्रधानमन्त्रीले किन भने - खोइ कसलाई आयो पत्र?

साताअघि नै भारतको ‘दबाबमूलक’ पत्र : तै पनि प्रधानमन्त्रीले किन भने - खोइ कसलाई आयो पत्र?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलार्य ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ ।

नेकपा संसदीय दलको शनिबारको बैठकमा ओलीले तरकारीमा विषादी परीक्षण रोक्न कुनै पत्र नआएको दाबी गरेका थिए । जबकि काठमाडौँस्थित भारतीय दूतावासबाट परराष्ट्रलाई सम्बोधन गर्दै असार १४ को मितिमा पठाएको पत्र सोमबार सञ्चार माध्यमहरुमा सार्वजनिक भएको छ । 

पत्र सार्वजनिक भएसँगै प्रधानमन्त्रीले यसबारे जानकारी नै नपाएका हुन् वा जानकारी पाएर पनि लुकाउन खोजेका हुन् भन्ने प्रश्न उठेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माधिका यादवले सोमबार पत्रकार सम्मेलनमार्फत यस प्रकरणमा सचिवहरूले आफूलाई गुमराहमा राखे भन्ने अभिव्यक्ति दिनुले सरकारी निकायबीचको समन्वयमा पनि संशय बढेको छ। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

तरकारी केपी शर्मा ओली

विशेष