News

मोबाइल चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

मोबाइल चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा मोबाइल चार्ज गर्न लागेका बेला करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

सोमबार साँझ मनहरी गाउँपालिका ६ रुपाचुरीका १६ वर्षीय सञ्चलाल चेपाङको करेन्ट लागेर मृत्यु भएको हो। उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट अवरुद्ध भई विस्फोटसमेत भएको स्थानीयले बताएका छन्।

करेन्ट

विशेष