News

वैद्य समूहद्वारा जमिन कब्जा

वैद्य समूहद्वारा जमिन कब्जा

कैलाली । १० दिनसम्म ‘बाउन्सर’ लगाएर सुकुम्बासीका टहरा तोडफोड गरिएको गोदावरी नगरपालिका–६, हरैयास्थित जमिनमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले झन्डा गाडेर कब्जा गरेका छन् । उठीबास बनाइएका सुकुम्बासीलाई पुनस्र्थापित गर्न हरैयाको जग्गा कब्जा गरेको वैद्य नेतृत्वको पार्टीका नेताहरुले बताएका छन् । 

‘गरिब असहाय सुकुमबासीलाई गुन्डाहरु लगाएर उठीबास गराइएको उनीहरुलाई पुनस्र्थापित गर्न हरैयाको जमिन कब्जा गरिएको हो ।’ अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदल भने, ‘हरैयामा बसेका सुकुमबासीलाई हटाउन ठूलो आर्थिक चलखेल गरी गुन्डा लगाएर उठाइएकाले गरिब जनताको अधिकार र न्यायका लागि जमिनमा झण्डा गाडेका हौं ।’

उनले १० दिनसम्म गुन्डाहरु लगाएर गरिब सुकुम्बासी बस्तीमा तोडफोड, कुटपिट, आगजनी हुँदा मुखदर्शक बन्ने प्रहरी–प्रशासन सकुम्बासीलाई पुनस्र्थापित गर्न अघि बढेका नेता नेताकार्यकर्तालाई थुन्ने–झटा मुद्दा लगाउने हर्कत गरिरहेको आरोप लगाए । हरैयामा एक विघा सात कठ्ठा चार धुर जमिन ऐलानी छ । ऐलानी जमिनमा बसेका सुकुम्बासीका घर ‘गुन्डा’ लगाएर भत्काइएको थियो । यो समाचार आजको नागरिक दैनिकबाट लिइएकाे हाे ।

सुकुम्बासी कैलाली हरैया काण्ड

विशेष