News

भ्यानले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

भ्यानले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

सुनसरी । पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको इटहरी–१६ बालग्राममा भ्यानको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेको  सनाखत हुन सकेको छैन। इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले शुक्रबार राति पैदल यात्री पुरुषलाई ठक्कर दिएको थियो।

 

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक जितेश दाहालका अनुसार ठक्करबाट करिब ४० वर्षका ती पुरुषको घटनास्थलमै मृत्यु हो । भ्यान तीव्र गतिमा रहेकाले अनियन्त्रित भएर ती पुरुषलाई ठक्कर दिएको थियो । भ्यान चालक बराहक्षेत्र नगरपालिका–२ चतराका २५ वर्षीयको रवीन दुलाललाई प्रहरी नियन्त्रणमा लिएको छ। मृतकको शव सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ। 

सुनसरी पूर्वपश्चिम राजमार्ग भ्यान

विशेष