सिरहामा राहत सामग्रीमा पनि कमिशन लिएको खुलासा
- प्रदीप सिंह
सिरहा । सिरहामा यतिबेला बाढीपीडित राहत उपलब्ध गराउँने काम चलिरहेको छ । राहतमा पनि कमिशनको खेल सुरु भएको छ।
सिरहाको लागि प्रदेश २ सरकारले राहत उपलब्ध गराउँन २५ सय घरपरिवारको लागि २७ सय २० रुपैयाँको प्याकेट बनाएर वितरण गर्ने कार्यक्रम रहेको छ । बाढी पीडितलाई प्रति घरपरिवार २७ सय २० रुपैयाँको दरमा राहत उपलब्ध गराउँने हिसाबकिताब देखाउँदै आएको छ ।
सो राहत उपलब्ध गराउँन गोलबजारका महेश साह (कोकवा)को मिलबाट चामल खरिद भइरहेको छ । मिलबाट प्रतिकिलो ४३ रुपैयाँको दरमा चामल खरिद गरेर राहत उपलब्ध गराउँने पक्षले प्रतिकिलो ४६ रुपैयाँको दरमा नक्कली बील बनाउँने गरेको खुलासा भएको हो ।
चामल बिक्रेता महेश साहले ‘के गर्नु मन्त्री कार्यकर्ताको पनि पेट छ।’ ‘मिलाएर बील बनाएको होला’ उनले सरल भाषामा भने । प्रभावितलाई प्रतिघर ५५ किलो चामल, चार किलो दाल, दुई किलो चना, एक लिटर तेल, सुकुल, झुल, साबुन, कम्बल र त्रिपाल उपलब्ध गराउँदै आएको छ ।
चामलबाहेक अन्य राहतको सामग्रीमा रकम थपेर बील बनाइरहेको छ भने नक्कली बीलको समेत कारोबार भइरहेको स्रोतको भनाइ छ । प्रदेश २ का अर्थ मामिला मन्त्री विजय यादवले भने ‘यो जिम्मा सिरहा उद्योग वाणिज्य संघलाई दिइएको हो। उनीहरुले प्याकेट तयारी गरी राहत सामाग्रीको व्यवस्थापन गर्दै आएको छ।’
अर्कातिर सिरहा जिल्लामा बाढीपीडितका नाममा आएको राहत कार्यकर्ता र आफन्तलाई वितरण गरिएको गुनासो बढेको छ । गत २७ असारमा आएको अविरल वर्षापछि डुबानमा परेकाले कति पीडितले राहत नपाएको गुनासो गरेका छन् । सिरहाको औरही, सखुवानन्कारकट्टी, कर्जन्हा, मिर्चैया, अर्नामालगायतको स्थानीयतहमा राहत उपलब्ध गराएको छ ।
राहत