यस वर्ष रोपाईँ झण्डै ४ प्रतिशतले घट्यो
हरि न्याैपाने ।
काठमाडौँ । गत वर्षभन्दा यस वर्ष रोपाईँ ३.६२ प्रतिशतले घटेको छ । साउन अन्तिम पुगेपनि हालसम्म ८६ प्रतिशत मात्र रोपाईँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरका अनुसार यस वर्ष हालसम्म ८६ प्रतिशत रोपाईँ भएको कृषि विभागका सूचना अधिकारी डा. रामकृष्ण श्रेष्ठले नेपाल आजलाइ जानकारी दिनुभयो । केन्द्रले साउन १८ गतेसम्म अपडेट गरेको तथ्याङक अनुसार ८६ प्रतिशत राेपाइ भएको केन्द्रले जनाएको छ ।
गतवर्ष सोही अवधिसम्म ८९ प्रतिशत क्षेत्रफलमा रोपार्ईँ भएको थियो । उच्च पहाडी भेगमा ८८.८४ प्रतिशत रोपाईँ भएको छ भने मध्य पहाडीमा ८६.६५ प्रतिशत र तराईमा ८५.६३ प्रतिशत क्षेत्रमा रोपाईँ भएको छ ।
प्रदेश अनुसार रोपाईँ
प्रादेशिक क्षेत्र अनुसार सबैभन्दा बढी सुदुरपश्चिममा ९५.३३ प्रतिशत क्षेत्रमा रोपार्ईँ भएको छ । त्यसपछि कर्णाली प्रदेशमा ९४.१० प्रतिशत रोपाई भएको छ । त्यस्तै प्रदेश ५ मा ८८.८६ प्रतिशत, गण्डकी प्रदेशमा ८६.५९, प्रदेश तीनमा ८८.६७, प्रदेश दुईमा ८१ दशमलव ९९ र प्रदेश १ मा ८० दशमलव १३ प्रतिशत रोपाईँ भएको छ ।
जिल्लागत आधारमा रोपाईँ
जिल्लागत आधारमा हेर्दा प्रदेश १ मा सबैभन्दा बढी सोलुखुम्बुमा ९२ प्रतिशत रोपाई भएको छ भने सबैभन्दा कम धनकुटामा ६५ प्रतिशत रोपाईँ भएको छ । प्रदेश २ मा सबैभन्दा बढी सप्तरीमा ८५ प्रतिशत र कममा रौतहटमा ७५ प्रतिशत रोपाईँ भएको छ । प्रदेश तीनको काठमाडौँ, भक्तपुर, ललितपुरमा शतप्रतिशत रोपाईँ सकिएको छ ।
अन्य जिल्ला अन्तर्गत नुवाकोटमा ९० प्रतिशत रोपाईँ भएको छ भने सबैभन्दा कम रसुवा ८२ प्रतिशतमात्र रोपाईँ भएको छ । गण्डकी प्रदेशमा पर्वत, कास्की र बागलुङमा ९० प्रतिशत रोपाईँ भएको छ । सबैभन्दा कम म्याग्दीमा ८८ प्रतिशतमात्र रोपाईँ भएको छ ।
प्रदेश ५ को रोल्पा, रुकुम पूर्व, प्यूठानमा रोपाईँ सकिएको छ । सबैभन्दा कम कपिलवस्तुमा ७० प्रतिशतमात्रै रोपाईँ भएको छ । कर्णाली प्रदेशका ५ जिल्लामा रोपाईँ सकिएको छ । हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पामा रोपाईँ सकिएको छ । सबैभन्दा कम सुर्खेतमा ८५ प्रतिशत छ भने अन्य जिल्लमा पनि सकिन लागेको छ ।
सुदुरपश्चिमको कैलाली र कञ्चनपुरमा ९७ प्रतिशत रोपाई भएको छ भने सबैभन्दा कम अछाममा ९० प्रतिशतमात्रै रोपाईँ भएको छ ।
रोपाईँ