भ्रमणवर्ष सफल बनाउन मन्त्रीको अनुरोध
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सबै नेपालीहरुमा अनुरोध गर्नुभएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको संयोजक रहनुभएका भट्टराईले आइतबार एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन प्रत्येक नेपाली नागरिकलाई आफूले प्रयोग गर्ने निजी तथा संघरसंस्थाहरुको नाममा रहेको सामाजिक सञ्जाल फेसबुक, वेबसाइट, ट्वीटर तथा इन्स्टाग्राम लगायतमा अभियानको लोगो राखी साथ दिन तथा प्रचारप्रसारमा सहयोग, समन्वय र सहकार्यका लागि आग्रह गर्नुभएको हो ।
भ्रमण बर्ष २०२० अभियानलाई विश्वस्तर तथा नेपालभर प्रचारप्रसार गरी कम्तिमा बार्षिक २० लाख पर्यटक भित्र्याउने अभियान सञ्चालनमा सबै नेपालीबाट उल्लेखनीय सहयोगको अपेक्षा राखेको मन्त्री भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।