भोलि इदको बिदा प्रदेश २ र ५ मा मात्रै
विराटनगर महानगरले पनि दियो बिदा
काठमाडौ । साउन २७ अर्थात भोलि सोमबार इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद ऊद अजाहको अवसरमा नेपालभर सार्वजनिक बिदा दिइएको छैन । हालसम्मको जानकारीअनुसार प्रदेश २ र प्रदेश नम्बर पाँचमा मात्रै सार्वजनिक विदा प्रादेशिक सरकारहरुले घोषणा गरेका छन् । प्रदेश १ को एकमात्र महानगर विराटनगरले पनि भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ ।
प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले इदको अवसरमा सम्पूर्ण मुस्लिम धर्मालम्बीहरूलाई शुभकामनासमेत व्यक्त गर्दै विदाको सूचना सार्वजनिक गरेका छन् ।
प्रदेश सरकारले दिएको विदा प्रदेश तथा स्थानीय सरकारका कार्यालयमा लागू हुन्छ । केन्द्रमातहतका कार्यालयमा विदा दिन गृह मन्त्रालयले सूचना जारी गर्नुपर्छ ।
संघीय सरकारले इदका अवसरमा सार्वजनिक बिदा दिएको छैन । यससम्बन्धी कुनै सूचना गृहले यसबेलासम्म सार्वजनिक गरिसकेको छैन ।