News

अज्ञात समूहले जलायो बंगलाचुली पालिका अध्यक्षको गाडी

अज्ञात समूहले जलायो बंगलाचुली पालिका अध्यक्षको गाडी

दाङ : अज्ञात समूहले दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी गरेका छ। बंगलाचुली गाउँपालिका-५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा गएराति १२:४५ को समयमा आगजनी भएको हो।

प्रहरीका अनुसार अगजनीबाट रा१झ १५२ नम्बरको गाडी पूर्णरूपमा जलेर नष्ट भएको छ। गाडीमा लागेको आगो इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएका सई गोपाल प्रसाद शर्माको कमाण्डमा गएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएको थियो।

आगजनी गर्नेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

गाडी आगजनी

विशेष