विदेश

क्षेप्यास्त्र परीक्षणलाई लिएर किमले माफी मागे : ट्रम्प

क्षेप्यास्त्र परीक्षणलाई लिएर किमले माफी मागे : ट्रम्प

वासिङ्टन । हालै गरिएका क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले सामान्य क्षमायाचना गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन्।

किमले अमेरिका-दक्षिण कोरियाली सैन्य अभ्यासको अन्त्यसँगै आणविक निशस्त्रीकरणका लागि अमेरिकासँग वार्ता सुरू गर्ने बताएका पनि अमेरिकी राष्ट्रपतिले दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार ट्विटरमार्फत सम्प्रेषित सन्देशमा किमले आफूलाई एक पत्रमार्फत् क्षेप्यास्त्र परीक्षणबारे उक्त अभिव्यक्ति दिएको जनाएका हुन्। त्यस्तै ट्रम्पले पनि पत्रको जवाफमा किमसँग निकट भविष्यमा वार्ता गर्ने पत्रमार्फत जानकारी गराएको सन्देशमा उल्लेख छ।

ट्रम्पले भनेका छन्, 'मलाई किमले लेखेको चिठीमा आफूले ट्रम्पसँग अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास सकिएलगत्तै छिट्टै भेट्न चाहेको र वार्ता सुरू गर्न चाहेको उल्लेख छ।'

'पत्र लामो छ र यसमा धेरै विषय बेतुकको र महङ्गो सैन्य अभ्यासको विरोधमा व्याख्या गरिएको छ। यो उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र परिक्षण गरेकोमा एउटा सानो क्षमायाचना पनि हो। संयुक्त सैन्य अभ्यास रोकिएसँगै हतियार परीक्षण पनि रोकिनेछ,' ट्रम्पको सन्देशमा लेखिएको छ। 

किम जोङ उन डोनाल्ड ट्रम्प

विशेष