News

गगनको गुनासो : मन्त्रीले बेवास्ता गरे

गगनको गुनासो : मन्त्रीले बेवास्ता गरे


काठमाडौँ । प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाउने गरेको जवाफ दिन सम्बन्धित मन्त्रालयका मन्त्रीले बेवास्ता गर्ने गरेको आरोप लगाउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद गगन कुमार थापाले शुन्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ५ दिन भित्र जवाफ दिनुपर्नेमा त्यसो नगरिएको गुनासो गर्नुभयो ।

नियमावलीमै व्यवस्था भएको यस विषय कार्यान्वयनका लागि उहाँले सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराउनुभयो ।  शुन्य समयमा बोल्दै सांसद अमृता देवी अग्रहरिले कपिलवस्तुमा किसानले मलखाद र पानीको अभाव झेल्नु परिरहेको भन्दै त्यसको तत्काल व्यवस्था गर्न माग गर्नुभयो ।

यसबारे पटक पटक कुरा उठाउँदै आएको भए पनि सरकारले वेवास्ता गरेको उहाँको गुनासो छ । 

विशेष