भोजन सूत्र : के खाने, के नखाने ?

भोजन सूत्र : के खाने, के नखाने ?

विश्वमा खान नपाएर भन्दा खान नजानेर मर्ने मानिसको संख्या अधिक रहेको जानकारहरु बताउँछन् । शरीरको प्रकृति, शारीरिक श्रम, हावापानीको अवस्थाले भोजन परिमाण निर्धारण गर्छ । मानिसको आमाशयका तीनमध्ये एक ठोस, अर्को अर्धतरल र बाँकी खाली भाग रहेको हुन्छ । कस्तो खाना, कतिबेला र कसरी खाने भन्ने बारे यहाँ केही सूत्रवद्ध उपायका बारे उल्लेख गरिएको छ । यो सत्य नबिर्सनुस– तपाईंले खाएको अन्नअनुसार नै स्वस्थ र अस्वस्थ विचार उत्पन्न हुन्छ । 

१. नियमित समयमा उचित मात्रामा खाना खाने ।

२. ईश्वरको ध्यानपछि भोजन गर्नु र खाना खाएका बेला प्रसन्न चित्तमा रहनु ।

३. आफ्नो शरीरको सामथ्र्य हेरेर भोजनको परिमाण निर्धारण गर्नु । 

४. जुन भोजन देख्दै अरुचिपूर्ण छ, त्यस्तो भोजन तत्काल त्यागिदिनु । 

५. बासी भोजनले आलस्य बढ्नुका साथै स्मरण शक्तिमा क्षय गर्ने भएकाले बासी भोजनप्रतिको आशक्ति घटाउनु । 

६. शरीरको तापभन्दा अलि बढी तातो भोजन खानुपर्छ । यस्तो भोजन छिटो पच्ने, वायु निकाल्ने र  कफ शुद्ध गर्ने किसिमको हुन्छ । 

७. डढेको रोटी सारहीन हुन्छ, काँचो रोटीले पेट दुख्ने र अजीर्णपन ल्याउने हुनाले ठिक्क पाकेको रोटी खानु उपयुक्त हुन्छ । 

८.भिन्न मौसम र समयानुकूल भोजनको परिकारमा परिवर्तन गरिरहनु पर्छ ।

९. धेरै चिसो र धेरै तातो खाना दाँतको लागि प्रतिकूल हुन्छ ।

१०. शरीरलाई चिल्लोपन पनि आवश्यक भएकाले खानामा केही चिल्लो उपयुक्त हुन्छ । 

११. भोजनको अन्तर ६ घण्टा पार्नु जरुरी छ । तीनघण्टा कम गरेर नखानु राम्रो । 

१२. खाना खाँदा कम्तिमा आधा घण्टाको समय छुट्याउन आवश्यक छ । 

१३. खाना खाँदा नूनिलो खाद्यान्नलाई प्राथमिकता दिनुहोला । तरकारी र फलफूलको मात्रा गहुँ, चामल, दालभन्दा तीनगुना बढी हुन जरुरी छ ।

१४. घिउ, तेलमा तारेको खानाबाट  बच्नुस् । 

१५. खाना खाँदाको समयमा बोल्नु , हाँस्नु स्वास्थ्यका लागि जोखिम हो । यसले श्वासनलीमा समस्या आउन सक्छ । 

१६. विहान उठ्नासाथ कफीको सट्टा कागती पानी खानु उत्तम हुन्छ ।

१७. भोक लागेपछि मात्र भोजनमा हात बढाउनु राम्रो हुन्छ । 

१८. दिउँसोको खाना खानुअघि दश, बीस मिनेट आराम गर्नु स्वास्थ्यलाई फाइदा हुन्छ । यसको मतलब सुत्ने चाहिँ होइन । तर साँझको खाना खाएपछि सकिन्छ भने घुमघाम गर्नु बेश हुन्छ ।

१९. बेलुकाको खाना सुत्नुभन्दा कम्तिमा दुई घण्टाअघि खाएमा स्वास्थ्यका लागि लाभदायी ठर्हछ ।

२०. धेरै परिकारका खाना स्वास्थ्यलाई राम्रो मानिदैन । यसले अधिक भोजनको सम्भावना प्रवल रहन्छ । 

२१. सादा साग र दाल भोजनमा उच्च गुणस्तरीय मानिन्छ । सुख्खा भोजनको असर कलेजो र रगतमा पर्दछ । 

२२. खाना आधा, पानी दुईगुना र हँसाई तीनगुना गर्नाले तपाईंको जीवन अनमोल बन्दछ । पाचन नै भएन भने कहाँबाट मिल्छ पोषण ?

खाना शरीरको प्रकृति

संम्बधित खबर

विशेष