News

नक्कली प्रमाणपत्र मामिलामा जर्नेलहरुसहित तीन दर्जनको जागिर जाँदै

नक्कली प्रमाणपत्र मामिलामा जर्नेलहरुसहित तीन दर्जनको जागिर जाँदै

काठमाडौं । नेपाली सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथिसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारबाहीको तयारी गरेको छ ।

उपरथि दर्जामा पदोन्नती हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथिसहित साधारण सेवा, विविध सेवा र प्राविधिक सेवातर्फका तीन दर्जन जति अधिकारीमाथि छानविनपछि कारबाहीको तयारी भइरहेको सैनिक मुख्यालयले जनाएको छ ।  

छानविन समितिले ती अधिकृत नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा किर्ते कागजात बनाएको फेला पारेको छ । उनीहरुले पेस गरेका शैक्षिकलगायत कागजातको वैधता नपुगेपछि छानविन प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ । 
नागरिक दैनिकबाट 
 

विशेष