News

पत्रकारसँग बोल्न नमानेका प्रधानमन्त्रीले ट्विटरमा भने : मेरो स्वास्थ्य सामान्य छ 

पत्रकारसँग बोल्न नमानेका प्रधानमन्त्रीले ट्विटरमा भने : मेरो स्वास्थ्य सामान्य छ 


काठमाडौँ । सिंगापुरमा १० दिनसम्म स्वास्थ्य परीक्षण गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पत्रकारसँग बोल्न  मानेनन् । विमानस्थलमा उनलाई कुरेर बसेका पत्रकारलाई उनले स्वास्थ्यबारे थाहा पाइहाल्नुहुन्छ भन्ने प्रतिक्रिया दिएका थिए ।

विमानस्थलबाट फर्केपछि ओलीले ट्विट गरेर आफ्नो स्वास्थ्य सामान्य रहेको जनाएका छन् । 


ओलीले आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले उपचारमा संलग्न चिकित्सकको टोलीप्रति आभार व्यक्त गरेका छन् ।

https://twitter.com/kpsharmaoli/status/1160835242745188352

 

विशेष