संरक्षणको जिम्मा लिएका समूहले नै वन सखाप पारे
विराटनगर । संरक्षणको जिम्मा लिएका सामुदायिक र साझेदारी वन समूहकै संलग्नतामा पूर्वी तराईको चारकोसे जंगल सखाप हुने गरेको पाइएको छ ।
सरकारले जंगल जोगाउन २०५५ सालयता १३४ सामुदायिक र ४ साझेदारी समूहलाई २७ हजार ७९० हेक्टर चारकोसे वन हस्तान्तरण गरिसकेको छ ।
‘सामुदायिक र साझेदारी वन उपभोक्ता समितिले अनधिकृत रुपमा रुख काटेर जंगल उजाड बनाएको, काटिएका रुखको काठ र दाउरा वितरण प्रणाली पारदर्शी नभएको तथा कारोबार पत्यारिलो नभएको भन्दै ४६ सामुदायिक वन विरुद्ध उजुरी परेका छन्,’अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीका निमित्त प्रमुख ज्ञानेन्द्र ढकालले भने,‘ती उजुरीमा अनुसन्धान भइरहेको छ ।’
सामुदायिक वन उपभोक्ता समितिले रेखदेख गरेबापत त्यहाँका काठ–दाउरा बेच्न पाउँछन् भने बिक्रीबाट हुने आम्दानीको १५ प्रतिशत मात्रै राजस्व बुझाए पुग्छ ।
कान्तिपुर दैनिकबाट