News

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बकर इदको शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बकर इदको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा सांस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताएकी छिन् । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहां) का अवसरमा मुस्लिम समुदायमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले परम्पराहरूको संरक्षणले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेकी छिन् । 

यस अवसरमा राष्ट्रपति भण्डारीले इस्लाम धर्मावलम्बीहरूको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना पनि गरेकी छिन् । उनले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा योगदान पुर्याउने विश्वास पनि लिएकी छिन् ।  

 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदका अवसरमा सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले यो वर्ष हज गर्न साउदी अरब गएका एक हजार पाँच सय नेपाली हाजीलाई पनि यस अवसरमा हजमुबारक व्यक्त गरेका छन् । 

विद्यादेवी भण्डारी इस्लाम धर्मावलम्बी केपी शर्मा ओली बकर इद

विशेष