आज २ प्रदेशमा सार्वजनिक विदा

काठमाडौं । मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा प्रदेश नं. २ र ५ मा सोमबार सार्वजनिक बिदा दिइएको छ । दुवै प्रदेश सरकारले पर्वका अवसरमा सोमबार बिदा दिने निर्णय गरेको हो ।
यो दुवै प्रदेशमा मुस्लिम समुदायको बाहुल्यता रहेकाले प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले इदको शुभकामना दिनुका साथै यो पर्वले भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन् ।
यस्तै प्रदेश ५ सरकारले बकर इदको बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित गरेको थियो ।
सार्वजनिक विदा बकर इद