News

३ लाख २६ हजार घुससहित सहायक वन अधिकृत पक्राउ

३ लाख २६ हजार घुससहित सहायक वन अधिकृत पक्राउ

दिपायल । डोटीको बीपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसी पक्राउ परेका छन् । उनी तीन लाख २६ हजार नगदसहित पक्राउ परेका हुन् । डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  पक्राउ गरेको हो । 

 


वन उपभोक्ता समितिका व्यक्तिबाट घुसवापत लिएको तीन लाख २६ हजार नगदसहित उनलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको बताइएको छ । तर सो रकम घुसको रकम नभई आफ्नो निजी रकम भएको डिसीका साथमा रहेका जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबी गरेका छन् ।

 

उनले भने, ‘यो पैसा मेरो हो, सहायक वन अधिकृत डिसी जीलाई फसाउन कसैले आरोप लगाएको हो, म जहाँ गएर पनि भन्न सक्छु रकम मेरो हो ।’ यद्धपि मल्लले कुन काम विशेष र के का लागि त्यो रकम बोकेका हुन् त्यो भने खुलाएका छैनन् । मल्ल निर्माण व्यवसायी पनि हुन् ।

पक्राउ डोटी सुरेशचन्द्र डिसी

विशेष