News

३ लाख घुससहित सहायक वन अधिकृत पक्राउ

३ लाख घुससहित सहायक वन अधिकृत पक्राउ


डोटी । डोटीको बिपीनगरस्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत सुरेन्द्रचन्द्र डिसी ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित पक्राउ परेका छन् । वन उपभोक्ता समितिका पदाधिकारीबाट लिएको ३ लाख २६ हजार रुपैयाँ ‘घुस’ रकमसहित आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भातकाँडाबाट रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले सहायक वन अधिकृत डिसी घुससहित पक्राउ परेको पुष्टि गरेका छन् । तर उक्त रकम अख्तियारको नभई आफ्नो भएको डिसीका साथमा रहेका जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबी गरेका छन् ।


उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भुप्रसाद तिवारीले सहायक वन अधिकृत डिसी यही साउन २२ गते कञ्चनपुरका लागि रमाना लिएर गएकाले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

विशेष