अर्काको नाममा ट्रायल दिने पक्राउ
काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि दिनुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) मा नक्कली परीक्षार्थी फेला परेका छन् । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले सोमबार सञ्चालन गरेको ट्रायलमा नक्कली परीक्षार्थी फेला परेका हुन् ।
प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भइ काठमाडौंको डल्लु बस्ने १८ वर्षीय विनोश शाही छन् । विनोदले सुर्खेत घर भएका २३ वर्षीय दिनेश अधिकारीको नाममा ट्रायल दिन लागेका थिए ।