News

प्रधानमन्त्रीले सेनाको सलामी ग्रहण गरेनन् 

प्रधानमन्त्रीले सेनाको सलामी ग्रहण गरेनन् 


काठमाडौँ । सामान्यतया राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा तथा फर्किदा नेपाली सेनाले सम्मानगारत (सलामी) अर्पण गर्ने परम्परा छ ।  तर प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किँदा सलामी नै ग्रहण गरेनन् । थाई एयरवेजको जहाजमार्फत सोमबार मध्याह्न काठमाडौँ उत्रिएका प्रधानमन्त्रीले विमानस्थलमा गर्ने गरिएको पत्रकार सम्मेलन पनि नगरी सरासर विमानस्थलबाट बाहिरिएका थिए । आफ्नो भ्रमण अनौपचारिक रहेको भन्दै प्रधानमन्त्री ओलीले विमानस्थलमा सेनाको सलामी ग्रहण नगरेका हुन् ।

यद्यपि संचारकर्मीहरुले स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन आग्रह गर्दा प्रधानमन्त्री ओली ‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ’ भन्दै विमानस्थलबाट बाहिरिएका थिए । स्वास्थ्य उपचारका लागि  सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन पछि सोमबार स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायतले स्वागत गरेका थिए । 

विशेष