व्यापार

एक वर्षमै साढे ३४ अर्बको सुन आयात 

एक वर्षमै साढे ३४ अर्बको सुन आयात 

काठमाडौं । मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेको बेला सुनमात्रै साढे ३४ अर्बको आयात भएको छ । 

उच्च व्यषपार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकोले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नु पर्ने देखिएको छ । 

अर्थशास्त्रहरु पनि व्यापार घाटा कम गर्न तत्कालका लागि विलासी वस्तु आयात गकम गर्ने नीति अख्तियार गर्न सुझाव दिन्छन् । 

भन्सार विभागको अनुसार गत आवमा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सात हजार चार सय ९३ केजी सुन आयात भएको छ ।

 विलासी वस्तुको आयातले अर्थतन्त्रको सन्तुलनमा नै असर पारिरहेकाले सुन आयात गगर्दा लाग्ने भन्सार महसुल वृद्धि गरेर व्यापार घाटा नियन्त्रण गर्न सकिने पूर्वअर्थसचिव रामेश्वर थापाले जानकारी दिए । 

यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 
 

विशेष