शालिकरामलाई आत्महत्या गर्न यसरी बाध्य पारेका थिए रविले एक्स्क्लुसिभ भिडियोसहित  

शालिकरामलाई आत्महत्या गर्न यसरी बाध्य पारेका थिए रविले एक्स्क्लुसिभ भिडियोसहित  

काठमाडौँ ।  टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो नेपाल आजलाई प्राप्त भएको छ । भिडियोमा उनले आफना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिंदै माफी मागेका छन् ।

उक्त भिडियोमा आफूलाई आत्महत्याका लागि न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र  एक युवतीले बाध्य बनाएको खुलाइएको छ ।  यस्तै, पत्रकार रवि लामिछानेले ठूला व्यापारी, बालुवाका ठेकेदारसँग के कसरी पैसा लिन्छन् भन्नेबारे समेत भिडियोमा उल्लेख छ । 

यो सबै विषय आफूलाई थाहा भएकाले लामिछानेले पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेको पुडासैनीले बताएका छन् । लामिछानेको यातना सहन नसकेर आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा उल्लेख छ । 

सिधा कुरा जनतासँग कार्यक्रम युनिटले के कसरी पैसा असुल्छ र  रवि लामिछानेको सक्कली रुप के हो भन्नेबारे बिस्तारै खुल्दै जाने समेत उनले बताएका छन् । 

उक्त एक्स्क्लुसिभ भिडियो प्रहरी वा अन्य निकायलाई अनुसन्धानका लागि उपलब्ध गराउन तयार रहेको नेपाल आज  प्रतिबद्धता व्यक्त गर्दछ । केही व्यक्तिगत कुरासमेत भिडियोमा भएकाले केही भाग गोप्य राखिएको छ । 

नेपाल आजलाई प्राप्त एक्स्क्लुसिभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् : 

 

रवि लामिछाने शालिकराम पुडासैनी आत्महत्या शालिकराम भिडियो

संम्बधित खबर

विशेष