चिनिया कम्पनी हुवावेविरुद्ध प्रदर्शन (भिडियोसहित)
काठमाडौँ । सरकारी कार्यालयका वेभसाइट ह्याक गरेको भन्दै सचेत युवाहरुले चिनिया कम्पनी हुवावेविरुद्ध प्रदर्शन गरेका छन् । चिनिया कम्पनी हुवावेले सरकारी वेभसाइट ह्याक गर्ने तथा अमेरीकाले प्रतिबन्ध लगाउँदा पनि नेपाल सरकारले फोर जी लगायतका ठेक्का चिनिया कम्पनीका सहायक कम्पनीलाई दिएको उनीहरुकाे अ छ । अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोप लगाएको छ ।
विरोध प्रदर्शनका क्रममा युवायुवतीले सबैलाई कम्पनीका गलत गतिविधिविरुद्ध सजग हुन आग्रह गरेका छन् । चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावे नेपालसहित विश्वका धेरै मुलुकहरुको जासुसी र ती देशको सरकारी वेभसाइटहरु ह्याक गर्दै आएका छन् । यहि महिना मे ४ देखि ५ मेसम्म नेपालका २ सय भन्दा बढी सरकारी साइट ह्याक भएका थिए । त्यो काम चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सिसिएसआई)का प्राविधिककरुले गरेका थिए ।
सिसिएसआई हुवावेसम्बद्ध संस्था हो । वेभसाइट ह्याक भएपछि ६ मेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर ब्युरोले नक्सालस्थित सिसिएसआईको कार्यालयमा छापामार्दा त्यहाँ २५ जना चिनियाँ प्राविधिकहरु काम गरिरहेको अवस्थामा भेटाएको थियो । प्रहरी पसेको देखेपछि धेरैजसो आफ्नो ल्यापटप बन्द गर्ने र भाग्ने प्रयत्न गरेका थिए । हुवावे स्मार्टफोन, ल्यापटप, राउटर, स्विच, सर्भर जस्ता वस्तु उत्पादन गर्ने कम्पनी हो ।
यसले चिनियाँ सरकारको लागि अरु देशको सैन्य गोप्यता चोरी गर्ने पनि काम गर्छ भन्ने आरोप लाग्दै आएको छ । गुगलले हुवावेलाई आफ्नो सिस्टममा पहुँच नदिने घोषणा गरेको छ ।
हेर्नुहाेस् भिडियाे :
र, यो पनि पढ्नुहोसः