News

ट्राफिक प्रहरीकै गाडीको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

ट्राफिक प्रहरीकै गाडीको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

काठमाडौं । ट्राफिक प्रहरीको गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीले गएराति ठक्कर दिँदा कोटेश्वरमा पैदलयात्रीको मृत्यु भएको हो।

गएराति कोटेश्वरको आकाशे पुल नजिकै ट्राफिक महाशाखाको बा१झ ७८६६ नम्बरको गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीले बताए।

राति साढे १० बजे एक पुरुषलाई गाडीले ठक्कर दिएको थियो। उनको उपचारको क्रममा बुधबार बिहान ट्रमा सेन्टरमा ज्यान गएको हो। उनको परिचय खुल्न सकेको छैन। ड्युटीमा खटिएका प्रहरीलाई लिएर उक्त गाडी कोटेश्वर पुगेको थियो। प्रहरीले ठक्कर दिने ट्राफिकको गाडी र चालक विनोदकुमार रेग्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ।।

मृत्यु ट्राफिक प्रहरी

विशेष