News

दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि

दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि


काठमाडौँ । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको पार्थिव शरीरको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए भने नेपाल प्रहरीको एक टुकडीले राष्ट्रिय सम्मान अर्पण गर्यो । 


दीक्षितप्रति अन्तिम श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत आर्यघाट पुगेका थिए ।

यसअघि, उनको शव श्रद्धाञ्जलिका लागि उनको निवास कालिकास्थानमा राखिएको थियो । निवासमा श्रद्धाञ्जलि व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुगेका थिए ।
 उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’लगायत ४६ कृति छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।
 

विशेष