रसुवाको गोसाईकुण्डमा कति पुगे श्रद्धालु ?
रसुवा । रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा यस वर्ष दर्शनार्थी बढेका छन् । गोसाइकुण्डमा यस वर्ष १२ हजारले मेला भरेको गोसाइकुण्ड मेला व्यवस्थापन समितिले जनाएको छ । गोसाइकुण्ड गाउँपालिका–५ मा अवस्थित गोसाइकुण्ड समुद्री सतहदेखि ४ हजार ३८० मिटरको उचाइमा छ ।
गोसाइकुण्डमा नागपञ्चमीका दिनदेखि जनैपूर्णिमासम्म मेला लाग्ने गर्छ । भगवान शिवले समुद्र मन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि विषको डाहाले छट्पटिएर रन्थनिएका बेला गोसाइकुण्ड पुगी ध्यान गर्दा विषको प्रभाव कम भएको किंवदन्ती छ ।
त्यसैले पनि भगवान् शिवको दर्शन गर्नाले पापबाट मुक्ति मिल्ने, पितृको मोक्षप्राप्त हुनुका साथै मनोकांक्षा पूरा हुने जनविश्वाससाथ दर्शनार्थीहरु गोसाईकुण्ड पुग्ने गर्छन ।