News

कुकुरले टोकेको कुरा लुकाउँदा ज्यान गयो

कुकुरले टोकेको कुरा लुकाउँदा ज्यान गयो

ललितपुर : कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया कनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार अर्यालका बाआमा कपनमा बस्छन्। जेठ १८ देखि २५ गतेसम्म उनी बाआमा भेट्न गोदावरीबाट कपन गएकी थिइन्। त्यहीबेला उनलाई कुकुरले टोकेको थियो। तर उनले यो कुरा कसैलाई बताइनन्।

कुकुरको टोकाइबाट घुँडाभन्दा पछाडि थोरै मात्र घाउ लागेको थियो। केही दिनमा उनको घाउ निको भयो। साउनसम्म कुनै समस्या देखिएन। साउन १४ गते उनलाई महिनावारी भयो। महिनावारीको समयमा ढाड दुखेके बताएकी थिइन्। दुखाइ बिस्तारै कम्मरदेखि तलको भागमा फैलियो। अन्त्यमा सास फेर्न नसक्ने अवस्थासम्म पुग्यो। यो खबर आजको अन्‍नपूर्ण पोस्टबाट लिइएको हो।

विशेष