News

स्कुल विभागले तनावमा ओली–प्रचण्ड

स्कुल विभागले तनावमा ओली–प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन बसेको बैठक असफल हुँदै आएको छ।

दुई पार्टी एकीकरण गर्न सहमति जुटाएका अध्यक्षद्वयबीच स्कुल विभागको जिम्मेवारी बाँडफाँडलाई लिएर अविश्वास र आशंका समेत उत्पन्न भएको छ। नेकपाभित्र स्कुल विभागको प्रमुखको विषयलाई लिएर प्रतिष्ठाको लडाइँ बन्न पुगेको छ। अध्यक्ष ओली सचिवालय सदस्य ईश्वर पोखरेलाई स्कुल विभागको जिम्मेवारी दिनुपर्ने अडानमा छन् भने प्रचण्ड सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिनुपर्ने पक्षमा अडानमा रहेका छन्।

अन्य विभागको प्रमुखमा ओली र प्रचण्डबीच भएको भागबण्डाअनुसार विवाद छैन्। जनवर्गीय संगठनको इन्चार्ज तोक्ने विषयमा पनि पार्टीभित्र ठूलो विवाद नरहेको बताइएको छ। तर पार्टीभित्र प्रभाव राख्ने स्कुल विभागको विवादले पनि केन्द्रदेखि स्थानीय कमिटीसम्म नै नेता कार्यकर्ता विभाजित भएका छन्। सहमति जुटाउनको लागि मंगलवार अध्यक्षद्वय ओली र प्रचण्ड र सचिवालय सदस्य रामबहादुर थापा वादलबीच त्रिपक्षीय छलफल भएको थियो। तर उक्त बैठकले पनि निकास निकाल्न सकेन। यो खबर आजको नेपाल समाचारपत्रबाट लिइएको हो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा अाेली

विशेष