चीनमा पहिरो १७ जना बेपत्ता
एजेन्सी । चीनको दक्षिणपश्चिमी भागको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका छन् । पहाडीका इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न १७ जना कामदार बेपत्ता भएको चाइना डेलीले जनाएको छ ।
सिचुआन प्रान्तको गान्लुओ ग्रामीण इलामा एकदम छिटो पहिरो आएको प्रत्यक्षदर्शीले बताएका छन् ।
रेल निर्माणको निरीक्षण गरिरहेका चीनका रेल अधिकारी चुन कुनले चट्टान र माटो दुई वा तीन सेकेन्डभित्र खसेको र आफूहरु दौडिरहेको बेलामा चट्टानले आफूलाई पछ्याएको महसूस भएको बताए ।