उत्तर कोरियाली सैनिक खतरानाक सीमाबाट भागेर दक्षिण कोरिया छिरे
उत्तर कोरियाबाट भागेर एक सैनिक दक्षिण कोरिया छिर्ने प्रयास गरेका छन्। कडा सुरक्षा व्यवस्था रहेको सीमा पार गर्दैगर्दा उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिएको दक्षिण कोरियाले जनाएको छ।
दक्षिण कोरियाको सीमामा जडान गरिएको विशेष खाले थर्मल इमेजिङ उपकरणमा ती शैनिक बुधबार राति सीमा क्षेत्रमा प्रवेश गरेको पत्ता लागेको थियो। परिचय नखुलाइएका ती सैनिकले दक्षिण कोरियामा शरण लिन चाहेको दक्षिण कोरियाली सेनाको भनाइ उद्धृत् गर्दै बिबिसीले जनाएको छ।
प्रत्येक वर्ष दर्जनौँ व्यक्ति उत्तर कोरिया छोडेर भाग्ने गरेका छन्। डिएमजेड अर्थात् कडा सुरक्षा व्यवस्था भएको क्षेत्र पार गरेर भाग्ने घटना अतिदूर्लभ र अत्यान्तै खतरायुक्त हो।
उत्तर कोरिया दक्षिण कोरिया