विदेश

अनलाइनबाट बन्दुकको कारोबार गर्ने २६ चिनियाँ पक्राउ

अनलाइनबाट बन्दुकको कारोबार गर्ने २६ चिनियाँ पक्राउ

सिजीझुङ : चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाइनबाट बन्दुक विक्री गर्नेहरूको सञ्जाल तोडिएको जनाएको छ ।

अनलाइनबाट बन्दुक विक्री गर्ने कार्यमा संलग्न २६ जनालाई पक्राउ गरिएको पनि प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

सिङताई नगरको सार्वजनिक सुरक्षा विभागले ४७ बन्दुक र ३० हजार थान गोली र ५० किलोग्रामभन्दा बढी बारुद पनि बरामद गरिएको जनाएको छ । 

प्रहरीले यस बारेमा गत वर्ष सन् २०१८ को अन्त्यदेखि नै शृङ्खलाबद्ध रूपमा निगरानी गर्न थालेको जनाएको छ । लागुऔषधसम्बन्धी घटनाका बारेमा अनुसन्धान गर्दै जाँदा बन्दुक कारोवारका बारेमा थाहा हुन थालेको प्रहरीको भनाइ छ ।

तीन महिनासम्मको अनुसन्धानपछि अनलानइनबाट देश विदेशमा बन्दुक किनबेच हुनेगरेको पत्ता लगाएको हो ।

पक्राउ

विशेष