विदेश

अमेरिकी मुस्लिम महिला सांसदलाई इजरायल प्रवेशमा प्रतिबन्ध

अमेरिकी मुस्लिम महिला सांसदलाई इजरायल प्रवेशमा प्रतिबन्ध

इजराइलले अमेरिकाका दुई सांसदलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। यी दुवै महिला सांसद मुख्यतः इजरायल सरकारको आलोचक थिए।

इल्हान उमर र रशिदा तलैब आगामी हप्ता इजरायलको नियन्त्रण क्षे वेस्ट बैंक र पूर्वी जेरुसलाम जाँदै थिए। तर, यहाँको सरकारले उनीहरूलाई त्यहाँ जानका लागि प्रतिबन्ध लगाएको हो।

इल्हान उमरले इसजराइलको यो कम लोकतान्त्रिक मूल्यमान्यतामाथि अपमान र छिमेकी राष्ट्रका सरकारी अधिकारीका लागि डरलाग्दो प्रतिक्रिया भएको बताइन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै यी दुवै सांसदलाई इजराइल प्रवेश गर्न रोक लगाउन माग गरेका थिए।

इजरायली कानुनी व्यवस्थामा आफ्नो देशका बारेमा आलोचना गर्ने व्यक्तिलाई प्रवेश निशेष गर्ने उल्लेख छ। त्यसैका आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

विशेष