९९ डिग्री ज्वरो आएको बाहिर अफवाह फैलाइएछ : प्रधानमन्त्री ओली

९९ डिग्री ज्वरो आएको बाहिर अफवाह फैलाइएछ : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ९९ डिग्री ज्वरो आएकोमा बाहिर अनेकन अफवाह फैलाइएको गुनासो गर्नुभएको छ । झापाका जनप्रतिनिधिसँग आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले आफ्नो स्वास्थ्यका विषयमा बाहिर अनर्गल प्रचारबाजी गरिएको गुनासो गर्नुभयो ।

 उहाँले भन्नुभयो ‘म सिकिस्तै भएको खवर सुनेर आउनु भएको होला । म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन ।  हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।’’


गत हप्ता सिंगापुरमा आफ्नो शरीरको सम्पूर्ण अंग परीक्षण गरेकाले आफू ठीक भएको उहाँले प्रतिक्रिया दिनुभयो । 

नेकपा अगुवा कार्यकर्ताहरुले झापा क्षेत्र नं ५ को दमक ,गौरादह नगरपालिका र कमल गाउँपालिकामा औद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानी बोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाद दिएका थिए । 

संम्बधित खबर

विशेष