News

भारतीय स्वतन्त्रता दिवसको अवसरमा सांगीतिक कार्यक्रम

भारतीय स्वतन्त्रता दिवसको अवसरमा सांगीतिक कार्यक्रम

काठमाडौँ : भारतको ७३ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा काठमाडौँस्थित भारतीय राजदूतावासले भद्रकालीस्थित सैनिक सभामण्डवमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा विश्व विख्यात बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसियाले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा पण्डित हरिप्रसाद चौरसियाका साथमा विवेक सोनार (बाँसुरी), देबोप्रिया रणदिवे (बाँसुरी), अमृता उप्रेती (तानपुरा) तथा शुभांकर बेनर्जी (तबला) थिए ।

उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विशेष अतिथिका रूपमा उपस्थित भएको दूतावासले जनाएको छ। राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न क्षेत्रका झण्डै ७०० भन्दा बढी व्यक्तिहरुको सो कार्यक्रमा उपस्थित थिए।

सांगीतिक क्षेत्रका विश्व प्रख्यात व्यक्तित्व पण्डित हरिप्रसाद चौरसिया को सांगीतिक समूहले आधुनिक तथा शास्त्रीय बाँसुरी बादनद्वारा दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

स्वतन्त्रता दिवस भारतीय स्वतन्त्रता दिवस पण्डित हरिप्रसाद चौरसिया

विशेष