विदेश

भूटान किन जाँदैछन् भारतीय प्रधानमन्त्री मोदी ?

भूटान किन जाँदैछन् भारतीय प्रधानमन्त्री मोदी ?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिवसीय भुटान भ्रमणमा निस्किने भएका छन्। भारती प्रधानमन्त्री मोदीले शुक्रबार भुटान भ्रमणका बारेमा ट्विटबाट जानकारी गराएका थिए।

भारतीय प्रधानमन्त्री मोदीको आजबाट सुरु हुन लागेको भूटान भ्रमणमा उनी पारो अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरणपछि सेमोथा दजोङ जाने कार्यक्रम तय भएको छ। आजै उनले ताशिचोङजोङको भ्रमण गर्ने छन्, जहाँ उनलाई गार्ड आफ अनर पनि दिइने छ। उनले शनिबार नै उनले भूटानका चौथो राजा जिम्मे सिंग वांगचुकसँग भेट गर्ने छन्।

मोदीले के गर्नेछन् भूटनामा ?

यस भ्रमणका क्रममा मोदीले आफ्नो भूटानी समकक्ष लोटे शेरिङसँग प्रतिनिधिमन्डलस्तरको वार्ता गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। यस भ्रमणका क्रममा विशेषतः मांगदुछु विद्युत् परियोजनाको उद्घाटन हुने छ।

भारतसँग भूटानको विकास साझेदारीमा द्विपक्षीय सम्बन्धको ठूलो सम्बन्ध छ। भारतले अघिल्लो वर्षको डिसेम्बरमा भूटनाको १२ औँ पन्चवर्षीय योजनाको सहयोगका लागि ५ हजार करोड रूपैयाँ दिने प्रतिबद्धता जनाएको थियो। यसको पहिलो किस्ता जारी भइसकेको छ।

मोदीले यस भ्रमणका क्रमा शिक्षालगायतका क्षेत्रमा १० सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसै भ्रमणका क्रममा उनले पाँच आयोजना तथा कार्यक्रमको उद्घाटनसमेत गर्ने छन्। यसमा मंगदेछु जलविद्युत् संयन्त्र, थिम्फूमा इसारोले निर्माण गरेको पृथ्व स्टेसनलगायत छन्।

नरेन्द्र मोदी

विशेष