दाङको काष्ठ फर्निचर उद्योगमा आगलागी, ६५लाखको क्षति
दाङ। दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा करीब ६५ लाख रुपैयाँको क्षति भएको छ ।
उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार शुक्रबार मध्यरातमा एक्कासी आगो लागेको हो । आगलागीका कारण सबै सामान जलेर नष्ट भएको छ ।
विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने जनाइएको छ । मध्यरात लागेको आगो लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा निभाइएको थियो ।