News

शालिकराम आत्महत्याको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

शालिकराम आत्महत्याको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन


चितवन । पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै चितवनमा ‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शन गरेका छन् । युवाहरले शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरे । -यालीमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।


प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन् ।

पत्रकार पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको भन्दै प्रहरीले पत्रकार रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्रेको छ ।  

र, यो पनि पढ्नुहोस् :

रवि लामिछानेको रिहाईको माग गर्दै प्रदर्शन

विशेष