रवि लामिछाने पक्षधरबाट चितवनमा प्रदर्शन, प्रहरीको गाडी तोडफोड
चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतमा रहेका पत्रकार रवि लामिछानेको समर्थनमा शनिबार चितवनमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले चितवनमा प्रहरीको गाडीमा तोडफोड गरेका छन् ।
प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न केही सेल अश्रुग्याँस प्रहार गरेको छ । अहिले पनि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । यसअघि शुक्रबार जिल्ला अदालत चितवनले शालिकराम प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएको थियो ।
यसअघि आज विहान शालिकराम आत्महत्याको निष्पक्ष छानबिनको माग गर्दै शालिकराम पक्षधरले पनि जुलुस निकालेका थिए ।
र, यो पनि पढ्नुहोस् :
✍️ शालिकराम आत्महत्याको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन
✍️ रवि लामिछानेको रिहाईको माग गर्दै प्रदर्शन
रवि लामिछाने