नेकपा सचिवालय बैठक आज पनि बस्दै

नेकपा सचिवालय बैठक आज पनि बस्दै

 
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक आज अपरान्ह ४ बजे बालुवाटारमा बस्नेछ । आजको बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोक्ने र विशेष जिल्लाहरुको नेतृत्व चयनबारे छलफल हुने जनाइएको छ ।

बैठकमा पार्टीको बरियता विवाद लगायत विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । यसअघि शुक्रबार बसेको सचिवालय बैठकले विभिन्न ३२ वटा विभागको नेतृत्व टुंगो लगाएको थियो ।

३२ विभागमध्ये १८ मा पूर्व एमालेले नेतृत्व पाएको थियो भने बाँकीमा पूर्व माओवादीका नेताहरुले जिम्मेवारी पाएका थिए । 

संम्बधित खबर

विशेष